Sunday, July 12, 2009

फूलको जरा

छोरा- बुवा यो गुलाबको बोट रोपेको एक हप्ता भइसक्यो तर यसको जरा
अहिलेसम्म निस्केको छैन ।
बुवा- छोरा तिमीलाइ कसरी थाहा भयो ?
छोरा- किनकि म यसलाइ सधै उखेलेर हेर्छु ।

बिरालो र बांदर

शिक्षक - राम भन त बिरालो र बांदरमा के सम्बन्ध छ ?
राम- सर बिरालोलाइ हामी सानीमा भन्छौं अनि बांदरलाइ मामा भन्छौं ।
-शिल्पी पाण्डे

Wednesday, July 1, 2009

ब्रम्हाको सम्मेलन

एकपटक ब्रम्हालाई आफूले सिर्जना गरेको मृत्युलोकमा के कस्ता सुन्दरीहरु रहेछन् भनी जान्न मन लागेछ र उनले एउटा गोलमेच सम्मेलन गरेछन् । उक्त सम्मेलनमा धतुरेशवर महादेव साइबाबा, गौतम बुद्ध, पृथवीनारायण शाह र अन्य देशका देवता पनि रहेछन् । र्सवप्रथम ब्रम्हाले प्रश्न राखे- यस संसारमा कति जना सुन्दरी होला तपाइहरुको विचारमा -
साइबाबा- पाँचजना
महादेव- ती कस्ता छन् पार्वती माता भन्दा पनि राम्रा -
एकछिनको चिन्तनपछि बुद्ध चोर औला र बुढी औला मिलाइ अरु उठाएर- तीन यानी तीनजना पार्वतीमाता भन्दा पनि च्वाक्क छन् ।
यत्तिकैमा चतुर पृथ्वीनारायण शाह हत्त न पत्त चोर औंला उठाउंदै त्यसो भए मलाई एउटा है ।
के छ त
ग्राहक- साहुजी चाउ चाउ छ -
पसले- छैन
ग्राहक- विस्कुट छ -
पसले- छैन
ग्राहक- के छ त साहुजी
पसले- ठिकै छ यार सञ्चै छु आरामै छु बरु तपाईलाई कस्तो छ ।


भूतप्रेतको किताब


ग्रहकः तिमी आप\mनो सैलुनमा भूतप्रेतको किताबहरु किन राख्छौं -
नाइः- किनकि तीकिताबहरु पढेपछि ग्राहकरुको रौ ठाडोठाडो हुन्छ र मलाई काट्न सजिलो हुन्छ ।
पाँचथरि मिठाइ
एउटा नेपाी भारतीयको मिठाइ पसलमा गएर-
नेपाली - दुइ दुइ किलो पांथथरिको मिठाइ बाल्टीनमा हालेर दूधसंग घोल
भारतीय- मनमनै सोच्दै -बहुत खरिद रहा है आज तो मालामाल हो जाउंगा)
नेपाली- अब यसबाट ५० ग्राम दिनुहोस् ।

२० हातको बाघ

दुइजना साथी-साथीबीच कुराकानी चलिरहेको थियो । जंगलको बाटो जांदै थिए ।
राम- गोरे भन त अहिले अचानक २० हातको बाघ आयो भने त के गर्छन् -
गोरे- कस्तो उल्लु मान्छे रैछ वा बीस बीस हातको बाघ आएपछि जे जे गर्नुछ त्यही बाघले गरिहाल्छ नी मैले के गर्नु ।